जातीय विभेद एवम हत्या विरुद्ध विरोध प्रदर्शन


१४ असार, काठमाडौं । संयुक्त जातीय दलित संघर्ष समितिले रुकुमको सोती नरसंहार लगायत देशभरीका जातीय विभेद एवम हत्या विरुद्ध बृहत ¥याली सहितको धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौको माइतीघर मण्डलामा संयुक्त जातीय दलित संघर्ष समितिले बृहत ¥याली सहितको धर्ना तथा विरोध प्रदर्शन गरेको हो ।

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै समितिले दिनहु जसो काठमाडौमा प्रदर्शन गर्दै आएको छ ।

आइतबारको प्रदर्शनमा नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, दलित एकता संजाल नेपाल लगायतले एक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागी भएका थिए ।

काठमाडौको माइतीघर मण्डलाबाट सुरु भएको विरोध ¥याली नयाँ बानेश्वरसम्म पुगेको थियो । घटनाको निश्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, मानव अधिकारको रक्षा गर, जातिय विभेदको अन्त्य गर भन्दै उनीहरुले नाराबाजी गरेका थिए । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको छ ।

file photo

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार