एमसीसी खारेजकाे माग गर्दै आइतबार पनि विरोध प्रदर्शन



१४ असार, काठमाडौं । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै आइतबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

एमसीसी खारेज गर्न माग गर्दै आइतबार काठमाडौको माइतीघर मण्डलामा प्रगतिशील सांस्कृतिक कर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले आफ्नो देशको सुरक्षामा गम्भिर आँच आउने किसिमका यस्ता सम्झौता खारेज गर्न माग गरेकोछन् । राष्ट्रिय स्वाधिनताको रक्षा गर, एकसीसी सम्झौता खारेज गर, एमसीसी धोका हो, साम्राज्यवादको पोका हो, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगायतका प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन । उक्त एकसीसी सम्झौता देशको हित विपरित रहेको भन्दै पछिल्लो समय विभिन्न दलहरुले चरणबद्ध रुपमा प्रदर्शन गर्दै आइरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार