ताप्लेजुङ: कुलोमा डुबेर ७ बर्षीय रबिनको मृत्यु


१५ असार, काठमाडौं । ताप्लेजुङ श्रीजघां-१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।

हिजो बिहान-११ बजे घरबाट निस्किएका रबिन अबेर सम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनकारी दिएकाे छ ।

घटनाको जानाकरी पाउनमसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार