मोरङ: ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु


१६ असार, काठमाडौं । ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएकाे छ ।

मोरङको धनपालथान गाउँपालिका-५ मा ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएको हाे ।

सोमवार खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार