झापा: माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक जनाको मृत्यु


१६ असार, काठमाडौं । झापाको भद्रपुर नगरपालिका-१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमवार साँझ ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार