प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन


१७ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ।

उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको छ।

उनको अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो।
उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिए ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो।  छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार