प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने


१७ असार, काठमाडौं । हाल देशभर मनसुनी वायु को प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ। 

अहिले देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भईरहेको छ।

निरन्तर पानी परिरहेको बेलामा सानो पानीले पनि पहिरोको तथा बाढीको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

असार १७ गते बुधबारको मौसम पूर्वानुमान

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावनारहेकोछ।

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार