आज हरिशयनी एकादशी


१७ असार, काठमाडौं । आज हरिशयनी एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरुले औषधीय गुणयुक्त तुलसी रोपेर भगवान श्रीहरि अर्थात् विष्णुको पूजा-आराधना गर्ने गर्छन् ।

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् ।

पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ

आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार