‪बालुवाटारमा तमासा छ !- गगन थापा


१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा दिएका छन् ।

थापाले बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा दिएका हुन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन:-

बालुवाटारमा तमासा छ!‬

सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬

त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार