प्रोक्सी वार बन्द गरौैं – योगेश भट्टराई


१७ असार, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराइले पार्टीभित्रको विवाद सकारात्मक दिशामा जाने बताएका छन्।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि यस्तो बताएका हुन्। 

पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो। बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रधानमन्त्रीले बताउनु भयो जुन सकारात्मक छ, उनले भने।

‘विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रधानमन्त्रीलाई सहभागिहरुले सुझाएको जनाए। चिज सकारात्मक दिशामा जाने आशा गरौँ। प्रोक्सी वार बन्द गरौ।’
उनले भने।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार