ओली–प्रचण्डबीचको वार्तापछि नेकपा स्थायी समिति बैठक सुरु


१७ असार, काठमाडौं । नेकपा स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक शुरु भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए। बैठकमा सरकारको कामका बारेमा समीक्षा भइरहेको उनले बताए। यस अघि हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्माले सरकार ढाल्न खोजिएको भन्ने अभिव्यक्तिबारे जानकारी दिन स्थायी कमिटी सदस्यहरुले माग गरेका छन्। ।

मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवादले उग्र रुप लिएको हो । 

ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए ।  त्यसपछि ओली र प्रचण्डबीच छुट्टै वार्ता भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार