केहीबेर बसेर नेकपा स्थायी कमिटीको आजको बैठक सकियो


१७ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार