उद्धार र राहत वितरण कार्यमा जुट्न तरुण दलकाे निर्देशन


२६ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्यसमितिहरुलाई विपत्‌मा जोखिमको पूर्वानुमान गरेर सचेत रहन र अरुलाई पनि सचेत गराउन निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्‍नेतले शुक्रबार जिल्ला कार्यसमितिहरुलाई परिपत्र गर्दै विपत्‌को जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

विपत्‌का बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायत सामाजिक संघ-संस्थाहरु एवं मातृपार्टी र अन्य भ्रातृ-संगठनसँग पनि आवश्यक समन्वय-सहकार्य गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार