अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ


२८ असार, काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जनाएको हो ।

व्युरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देव बहादुर बोहराले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार