नेपाल सरकारले भारतलाई पठायो ‘प्रोटेष्ट नोट’


२८ असार, काठमाडौं । काठमाडौँ नेपाल सरकारले भारतीय मिडियाबाट प्रकाशित प्रसारित सामाग्रीप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको छ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थि दूतावासमार्फत नोट भारतीय परराष्ट्र मन्त्रालयलाई नोट पठाउन केही दिन अघि नै निर्देशन दिएको स्रोतको दाबी छ।

पछिल्लो समय नक्सा प्रकरणले नेपाल भारतको सम्बन्धमा दरार आएसँगै भारतीय सञ्चार माध्यमले आपत्ति जनक समाचार मुलक सामाग्री प्रकाशन प्रशारण गरिरहेका छन्।

नोटमा भारतीय सञ्चारमाध्यमका आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पु¥याएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार