काेराेना विरुद्ध परीक्षण गरिएको पहिलो खोप सफलताकाे नजिक


३१ असार, एजेन्सी । काेराेना विरुद्ध परीक्षण गरिएको पहिलो खोप सफलताकाे नजिक पुगेकाे अमेरिकि वैज्ञानिकले दावी गरेका छन् । 

खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा आशा गरे अनुसारको फाइदा मिलेको वैज्ञानिकले दावी गरेका हुन । 

अमेरिकाको शीर्ष विशेषज्ञ डाक्टर एन्थोनी फाउची नेतृत्वको समूहले विकास गरेको खोप पहिलो चरणमा ४५ जनामा परीक्षण गरिएको र नतिजा आशालाग्दो भएको समाचार संस्था न्यूर्योक टाइम्सले जनाएको छ।

 अब आउँदो साउन १२ गतेदेखि अर्को चरणमा ३० हजार मानिसमा यो खोप परीक्षण गरिने र खोपले मानव शरीरलाई कोभिड-१९ बाट बचाउन सक्नेबारेमा पत्ता लाग्ने वैज्ञानिकको विश्वास छ ।

अहिलेसम्म खोपको नतिजा कहिलेसम्म आउँछ भन्ने यकिन नभए पनि सन् २०२० को अन्तिमसम्ममा परीक्षण पूरा हुने अनुमान गरिएको छ ।

यो खोपले पहिलो चरणमा सकारात्मक नतिजा दिएपछि आशावादी बनेका वैज्ञानिकले अर्को वर्षको सुरुमा खोप आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार