प्रवासवाट अमितकाे तीज काेसेली बुट्टे सारी


भदौ, काठमाडौं । जापानमा बस्दै आएका गायक अमित सापकोटाको नयाँ तीज गीत सार्वजनिक भएकाे छ ।

उक्त गीतमा अमितलाइ साथ दिएकी छिन् देबि घर्तिले । गीतको शव्द एवं संगीत गायक अमित कै रहेको छ भने संगीत संयोजन यम थापाले गरेका छन् ।

गीतको भिडियोमा अमित र कबिता कँडेल फिचर्ड रहेका छन् । गीतको भिडियो जापानमा नै छायाँकन गरिएको अमितले बताए।

उनका अनुसार गीतको भिडियो जापानको योकोहामा भन्ने शहरमा छायाँकन गरिएको हो ।

अमितले नै निर्देशन गरेको भिडियोलाई गोबिन्द बिष्टले खिचेका हुन् ।

छायाँकनमा उनलाई खेमराज पौडेल र सन्तोष सापकोटाले सहयोग गरेका छन्। भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ ।

भिडियाे लिकं

सम्बन्धित समाचार