कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको छ-परराष्ट्रमन्त्री ज्ञवाली


२ भदौ, काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए ।

यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलमा उनले यस्तो बताएका हुन् । 

कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए ।

परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन पनि गरेका छन् । “नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन,” उनले गिरिको भनाइको खण्डन गर्दै भने, “नेपाल सरकार त्यसको खण्डन गर्दछ ।”

नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

सम्बन्धित समाचार