पर्सामा आज पनि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


१७ साउन, पर्सा । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्ज पर्सामा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो । निमोनिया पीडित उक्त महिला यही साउन १४ गते नारायणी बायोधा अस्पतालमा भर्ना भएकी थिइन् । तर, उपचारको क्रममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृत्यु भएको हो ।
शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृत्यु भएको थियो ।

नको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज