नेपालमा आज कोरोनाबाट थप २ जनाको मृत्यु


२१ साउन, काठमाडौं । गत सोमवार झाडापखालाले ग्रस्त भई उपचारका लागि न्याश्नल अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएकी पर्साकी १८ वर्षीया महिलामा पनि मृत्युपछि गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै कोरोनाभाइरस सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्।

उनको बुधवार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड-१९ पुष्टि भएको थियो।

मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार