ललितपुरको केन्द्रबिन्दु भएर भूकम्पको धक्का


२१ साउन, काठमाडौं । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको केन्द्रको भनाइ छ ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार