फेरि यातायातमा जोरबिजोर प्रणाली लागू


२१ साउन, काठमाडौं । सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय भोलीबाट लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।

संक्रमितको संख्या तिव्र रुपमा बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद् विज्ञ, प्रतिपक्षी दल, पूर्व प्रधानमन्त्रीहरु सल्लाह गरेका थिए । जनस्वास्थ्यविज्ञले कफ्र्यू वा लकडाउन लगाउन सुझाव दिएकोमा भोलीबाट फेरि जोरबिजोर नियम लागू गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार