भारतीय अन्तरिक्षयान चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश


३ भदौ  । भारतीय अन्तरिक्ष मिसन चन्द्रयान–२ सफलता पूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

चन्द्रयान–२ मंगलबार बिहान चन्द्रमाको कक्षमा सफलता पूर्वक पुगेको भारतको अन्तरिक्ष संस्था इसरोले बताएको छ ।

अब चन्द्रयान–२ लाई चन्द्रमाको ध्रुवको अन्तिम कक्षमा प्रवेश गराइने इसरोले जारी गरेको वक्तव्यमा भनिएको छ ।

त्यसपछि चन्द्रमाको सतहसँग यानको दूरी १०० किलोमिटरको हुनेछ ।

इसरोका अनुसार चन्द्रयान–२ आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ ।

चन्द्रयान–२, तीन लाख ८४ हजार किलोमिटरको दूरी तय गरेर चन्द्रमाको कक्षमा पुगेको हो ।

यो अभियान चन्द्रयान–२ का लागि निकै कठीन मानिएको थियो । लुनर क्याप्चर मिसनमा सफलता पाएपछि अब चन्द्रयान–२ लाई चन्द्रमाको सहतहमा अवतरण गर्नु अर्को चुनौतिको काम हुनेछ ।

सम्बन्धित समाचार