चिकित्सकको सिफारिसमै प्रधानमन्त्री ओलीकाे विदेशमा उपचार-स्वाथ्यमन्त्री यादव


३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् ।

मंगलबार सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा यादवले चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री उपचार गराउन बाहिर गएको दाबी गरेका हुन्।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अघिल्लो हप्ता सिंगापुर गएका थिए भने फेरि पनि जाने तयारीमा छन्।

यादवले नेपालमा विदेश उपचार गराउन जान नपाइने कानुन नभएकाले पनि बाहिर जाने अवस्था रहेको उल्लेख गरे। उपचारका लागि नेपाली विदेश जाने मात्र नभइ विदेशबाट समेत उपचारका लागि नेपाल आउने क्रम बढिरहेको यादवले दाबी गरे।

सम्बन्धित समाचार