न्ह्यू बज्राचार्यको संगीतमा ” हाँस्दा त आँशु झर्छ ” सार्वजनिक ( भिडियो )


भदौ, काठमाडौं । छोटो समयमा नै आफ्ना उत्कृष्ट श्रृजना मार्फत दर्शक स्राेता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन ।

यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन ।

” हाँस्दा त आँशु झर्छ ” बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिका प्रधानको रहेको छ ।

गीतमा संगीत भर्ने काम लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यले गरेका हुन भने गीतका मन छुने शब्द प्रलाद शाहले लेखेका
हुन । गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन।

भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो ।

सम्बन्धित समाचार