सुनकाे भाउ ताेलामा दुई हजार दुई सय रुपैयाँले बढ्याे


२ भदौ, काठमाडौं । सुनकाे भाउ ताेलामा दुई हजार दुई सय रुपैयाँले बढेकाे छ ।

मंगलबार सुनको भाउ १ लाख ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो ।

मंगलबार तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार