च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पीएसजी भिड्ने पक्का


४ भदाै, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै फाइनलमा पीएसजीसँगको खेल पक्का गरेको हो ।

लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि सर्जि नाब्रीले दुई तथा रोबर्ट लेवन्डोवस्कोले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार