सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो


७ भदौ, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ ।

शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको छापावाल सुन आइतबारका तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजाबी सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेकाे छ । आइतबार चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार