प्रधानमन्त्री सिंगापुर प्रस्थान


५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् ।

प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् ।

ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार