लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप


१५ भदाै, काठमाडौं । लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप फेरि झडप भएको छ ।

चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति चीनले उल्ल‌ंघन गर्दा समस्या उत्पन्न भएको भारतीय पक्षको दावी छ ।

यही साताको शनिबार र आइतबार राति दुई पक्षका सैनिकहरुबीच झडप भएको बताइएको छ । यद्यपि झडपमा क्षति भएकोबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यसअघि जुन १६ मा पनि २० भारतीय सैनिकको मृत्यु हुने गरी चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार