बिना यात्रुकाे उडान


१९ भदौ, काठमाडौं । कोरोना संक्रमण जोखिम रोकथामका लागि आन्तरिक उडानमा रोक लगाउदा आन्तरिक बिमान कम्पनीहरुले भने बिना यात्रु उडान गरिरहेका छन् ।

पाइलटहरूले लाइसेन्सलाई वैधता दिइराख्न ९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ गरेको हुनै पर्ने नियमका कारण पनि आन्तरिक बिमान कम्पनीहरुले भने बिना यात्रु उडान भरिरहेका हुन् ।

९० दिनभित्र कम्तीमा तीनवटा टेक–अफ तथा ल्यान्डिङ नगरे फुल–फ्लाइट सिम्युलेटर’ तालिममा जानुपर्ने व्यवस्था छ । सो क्रममा शुक्रबार बुद्ध एयरका दुई पाइलटले तीन–तीन सर्किट ल्याण्डिङ गरेका थिए ।

हाल बुद्धसंग १३ जहाज र ८३ पाइलट छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार