पवन ओली र बिष्णु माझीको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ (भिडियो)


भदौ, काठमाडौं । गायक पवन ओली र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ सार्बजनिक भएकाे छ।

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी र नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लागेका अग्रज गायक पवन ओलीले आवाज रहेको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई लोकप्रिय निर्देशक शिब बिकले निर्देशन गरेका छन् ।

सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला लेख जन्मघर भई हाल अमेरिका बसोबास गर्ने गायक पवन ओलीका यस अघि माछि बस्यो, परदेशको बास, गरिबको जीन्दगी, बुटवल बसपार्क, अक्षतामा दही ,फुलसिमीको पात लगायत थुप्रै गीत लोकप्रिय भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार