ठुलो परिमाणमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ


६ भदौ, पोखरा । ठुलो परिमाणमा लागूऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको प्रहरी टोलीले  भारतीय नागरिकलाई  पोखराको नागढुङगाबाट ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला सेखुआनी ग्राम घर बताउने २१ वर्षिय प्रेम चौधरी रहेका छन् ।

विभिन्न लागूऔषध खरिद गरी पोखराका विभिन्न स्थानमा विक्रिवितरण, ओसारपसार र सञ्चय समेत भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको विशेष अनुसन्धान टोलीले चौधरीलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार