मेस्सी पिसिआर रिर्पोट नेगेटिभ आएपछि प्रशिक्षणमा फर्किए


२३ भदाै, एजेन्सी । बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी साेमबारदेखि प्रशिक्षणमा सहभागी भएका हुन् ।

यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए । कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।

प्रशिक्षणमा फर्किनु अघि उनले प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका थिए । उक्त परीक्षणमा मेस्सीको रिपोर्ट नेगेटिभ आएपछि उनी प्रशिक्षणमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार