प्रभावकारी रुपमा कोरोना संक्रमितको उपचारमा लाग्न बीर अस्पताललाई उपसमितिकाे सुझाव



२९ भदौ, काठमाडौं । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले प्रभावकारी रुपमा कोरोना संक्रमणको उपचारमा लाग्न बीर अस्पताललाई सुझाव दिएको छ ।

सोमबार काठमाडौंको वीर अस्पतालको अनुगमन गर्दै उपसमितिले मुलुकको जेठो र ठूलो अस्पतालमा आम जनताको अपेक्षा रहेको भन्दै जनअपेक्षा अनुरुप नै कोरोना संक्रमणको उपचारमा लाग्न बीर अस्पताललाई सुझाव दिएको हो ।

सरकारले केहि समय अघि बीर अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा छुट्टाएको थियो । वीरको अन्य सेवा भने ट्रमा सेन्टरबाट भइरहेको छ । अनुगमनका क्रममा उपसमितिले अस्पतालका केहि व्यवस्थापकिय कमजोरी औल्याएको थियो भने अस्पतालका पदाधिकारीहरुले बिबिध कारणले अस्पताल सञ्चालनमा कठिनाइ भएको बताएका थिए ।

उपसमिति संयोजक एवं सासंद जीवनराम श्रेष्ठले अनुगमनमा क्रममा देखिएका समस्या समाधानका लागि सरकार समक्ष पुराउने बताए । कोरोना उपचारका लागि स्वास्थ्यकर्मीको भूमिका अपरिहार्य हुने भएकाले अस्पतालमा देखिएको तलवको समस्या समाधानका लागि पहल गर्ने उनले धारणा राखे ।

अनुगमनका क्रममा अस्पतालका निर्देशक डा केदार सेन्चुरीले कोरोनापछि सेवाहरु बन्दा नहुदा पनि विरामीहरु आउने क्रम घटेकाले त्यसको प्रत्यक्ष असर आयश्रोतमा परेको बताए । उनले आम्दानी घटेकाले अस्पतालको सेवासञ्चालनमा कठिनाई भएको र न्याम्स अन्तर्गतका कर्मचारीलाई तलव भत्ता खुवाउन पनि नसकिएको जानकारी दिए ।

उनले अस्पतालमा दरवन्दी नपुगेकाले पनि काम गर्न र गराउन अप्ठेरो भएको बताए । उनका अनुसार कोरोना अघि दैनिक ११ देखि १२ लाख आम्दानी तर अहिले मुस्कीलले दैनिक दुईलाख मात्र आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार