१० किलो अफिम सहित २ जना पक्राउ


२९ भदौ, काठमाडौं । बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार दाङ जिल्लादेखि बाँके जिल्ला ल्याउदै गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । उनिहरुको झोला खानतलासी गर्दा १० किलो लागुऔषध अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागु औषध अफिम बाँके जिल्लाको राप्ती सोनारीगाउँपालिका १ कुशुमबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुले लुकाई छिपाई बाँके जिल्लामा ल्याईरहेको लागुऔषध अफिम कुशुम बजारमा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएको सोमवार पत्रकार सम्मेलन गरि प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका १ कुशुम स्थित सडकमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ बर्षिय धन बहादुर सेन र जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ बस्ने २४ बर्षिय बसन्त घर्तिमगरलाई चेकजाँच गर्ने क्रममा सेनले बोकेको झोला भित्र रहेको प्लाष्टिकको पोका बनाई राखेको १० पोका अफिम तौल १० किलो फेला पारेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार