कोरोनाबाट अति प्रभावित क्षेत्र इटलीमा सात महिनापछि विद्यालयहरु सूचारु


३० भदाै, एजेन्सी । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार