चीनमा बनेका कोरोना खोप नोभेम्बरमा उपलब्ध हुन सक्ने


३० भदौ, काठमाडौं । चीनले बनाएको कोरोना खोप नोभेम्बरसम्म सार्वजनिक प्रयोगका लागि तयार हुने त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले दाबी गरेको छ।  

तेस्रो चरणको परीक्षण राम्ररी भइरहेको र खोपहरू नोभेम्बर वा डिसेम्बरमा उपलब्ध हुने जैविक सुरक्षा प्रमुख गुइचेन वुले सोमवार चीनको सरकारी टेलिभिजनलाई सोमवार बताइन् ।

आफूले अप्रिल महिनामा परीक्षणात्मक खोप लिएको अनि त्यसपछि कुनै असाधारण लक्षण नदेखेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार