कोरोनाबाट थप ११ जनाको मृत्यु


३० भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया र सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानुपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय, काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबट मृत्यु भएको छ। 

आज थपिएका मृतकसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार