नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला


३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ। 

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले बताए।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार