आइपिएल आजदेखी युएईमा सुरु, मुम्बई र चेन्नई भिड्ने


३ असोज, काठमाडौं । टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ ।

यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ ।

आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

२००८ देखि सुरु भएको आइपिएल विश्वमै सर्वाधिक चासोका साथ हेरिने टि–२० प्रतियोगिता हो। यसलाई विश्व क्रिकेटमा हुने सबैभन्दा ठूलो लिलामी पनि मानिन्छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार