नयाँवस्ती युवा क्लव जाेरपाटिद्धारा आयाेजीत तीज कार्यक्रम सम्पन्न


८ भदौ, काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि नयाँवस्ती युवा क्लव, जाेरपाटिले तीज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

तीज विशेष कार्यक्रम गरेर आफ्नो संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने हेतुले नयाँवस्ती युवा क्लवले हरितालिका तीज कार्यक्रम आयाेजना गरेकाे थियाे ।

शनिबार कार्यक्रम गाेकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेकाे नयाँवस्ती युवा क्लवकाे प्राङ्गणमा कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

तीज कार्यक्रमा गाेकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीकाे प्रमुख आतित्यथा र नयाँवस्ती युवा क्लव, जाेरपाटि अध्यक्ष सुभाष पुडासैनीकाे सभापतित्वमा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि रमेश अर्याल र मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीकाे उपस्थिति रहेकाे थियाे ।

वडा सदस्य दुर्गा फुँयाल, वडा सदस्य लिलामणि खतिवडा, वडा सदस्य मुकुन्द फुँयाल, वडा सदस्य नवराज लामा, समाजसेवी यान प्रसाद अधिकारी, समाजसेवी लेक कुमारी पुडासैनी र अतिथिमा लाेकस्टारका संयाेजक सहदेव काेइरालाकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमा राधिका हमाल, सराेज लामिछाने, संझना भण्डारी, उमा श्रेष्ठ, राजेन्द्र कुमार कार्की लगायतका ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रमकाे संचालन क्लवका सचिव चन्द्रमणि गाैतमले गरेका थिए ।

कार्यक्रम बिहान १२ बजेदेखि ५ बजेसम्म नयाँवस्ती युवा क्लवकाे प्राङ्गणमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार