
३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भको हो ।