आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित


१० असोज, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । इण्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको हो ।

राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो । चेन्नईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रन मात्र जोड्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार