डा. केसीको समर्थनमा प्रदर्शन गर्ने केहि युवाहरु पक्राउ


१० असोज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइको छ ।

शनिबार माइतिघरमा डा केसीको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले केहि युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारी ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित विरोध गर्न माइतिघर पुगेका थिए ।

डा. गोविन्द केसीको समर्थनमा युवाहहरू ’हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ’दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार