अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी, करोडौंको क्षति


१० असोज, काठमाडौं । अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी आउदा रुपन्देही क्षेत्र नं १ अन्र्तगत तिलोत्तमा, देवदह, ओमसतियाका विभिन्न स्थानमा क्षति पुगेको छ ।

बर्षाका कारण आएको बाढीले तिलोत्तमा न.पा ११ भुपु सैनिकमा करिब १० घरमा क्षति पुगेको छ । बस्तीमा पसेका बाढीका कारण स्थानीय बासी नन्दमाया गुरुङ्ग, तोलाकान्त अधिकारी, दुर्गा श्रेष्ठ, धुव्र कुवर लगायतको घर गोठ तथा धान बाली नष्ट गरेको छ ।

त्यसै गरी देवदह नपा ८ का बिजुली दमैको घर बास तथा देवदह ३ का टंक थापा, झविन्द राना, केवि राना, जागेश्वर थारुको घर गोठ तथा पशु फर्म क्षति पुगेको छ । त्यसै गरी देवदह १० र ९ विभिन्न व्यक्तिहरुको घर गोठ र पशु चौपाय बाढीले बगाएको छ । बाढीले घर तथा बस्ती बगाएपछि समस्या भएको पिडितहरुले जनाएका छन् ।

बाढीले तिलोत्तमा नपा ११ भुपु सैनिकमा ३ वटा गाई, ४ वटा बाख्रा, देवदह ३ मा २२ वटा बंगुर, हास तथा कुखुरा त्यसै गरी देवदह ९ र १० मा बंगुर कुखुरा बाख्रा बगाएको स्थानीयबासीले बताए । बाढीका कारण करिब १२ घर बिस्थापित भएको छ । त्यसै गरी बाढीका कारण करोडौंको क्षति भएको उद्धारमा खटिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार