साेमबार थप १३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज


१२ असोज, काठमाडौं । साेमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यी संगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ७४ हजार ७ सय ४५ पुगेकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेकाे संख्या ५४ हजार ६ सय ४० रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार