
१५ असोज, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
प्रवक्ता उपाध्यायकाे अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ।
खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।