अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउस फर्किए


२० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पताल बसाइपछि सोमबार राष्ट्रपति भवन ह्वाइट हाउस फर्किएका छन्।

कोरोना भाइरस संक्रमण भएपछि उनलाई शुक्रबार सैनिक अस्पताल भर्ना गरिएको थियो।

उनले ३ दिन अस्पतालमा बिताएका थिए ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार