चट्याङ लागेर ओखलढुङामा एक जनाको मृत्यु


१० भदौ, ओखलढुङा । चट्याङ लागेर ओखलढुङामा एक जनाको मृत्यु भएकाे छ ।

ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ की ६८ बर्षीया कृष्ण माया गुर्मछाने मगरको चट्याङ लागेर मृत्यु भएको हाे ।

सोमवार अपरान्ह ५ बजेको समयमा घर नजिकै बारीमा घाँस काटिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार